सिद्धार्थ बैंकले ल्यायो अनलाईनबाटै डिम्याट खाता खोल्न सकिने सुविधा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सिद्धार्थ बैंक लिमिटेडले अनलाईनबाटै डिम्याट खाता खोल्न सकिने सुविधा संचालनमा ल्याएको छ । बैंकले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहक महानुभावहरुलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने उद्देश्यले अनलाईन मार्फत डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको हो ।

अब नयाँ डिम्याट खाता खोल्न परेमा ग्राहक महानुभावहरुले भौतिक रुपमा बैंक सम्म उपस्थित नभई घरबाटै डिम्याट खाताका लागि आवेदन दिन ससक्नेछन् । यसका लागि ग्राहकहरुले बैंकको वेबसाइटमा गई (EasyBank > Demat Services > Demat Account) वा सोझै “ https://onlinedemat.siddharthacapital.com/ ” मा गई आवश्यक विवरण भरी सहज रुपमा अनलाईन मार्फत आवेदन दिन सक्नेछन् । ग्राहकहरुले डिम्याट खाताको लागि आवेदन दिनुका साथै मेरोशेयर र सीआरएनको लागि समेत आवेदन दिन सक्नेछन् ।