बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई राष्ट्र बैंक बोलाएको छ । राष्ट्र बैंकले बैंकहरुलाई पत्र काट्दै आज दिउसो ३ बजेका लागि राष्ट्र बोलाएको हो । मौद्रिक नीतिको तयारी गरिरहेको अवस्थामा केन्द्रीय बैंकले बैंकका सिइओहरुसँग छलफल गर्न लागेको हो ।
केन्द्रीय बैंकले मौद्रिक नीति जारी गर्नुअघि बैंकिङ्ग क्षेत्रका विभिन्न विषयमा छलफल गर्न बैंकरहरुलाई बाेलाइएको बुझिएको छ । यसअघि केन्द्रीय बैंकले वाणिज्य बैंकका अध्यक्षहरुलाई पनि बोलाएर छलफल गरिसकेको छ ।
राष्ट्र बैंकले गत साता बैंकका अध्यक्ष र तथा सञ्चालक समितिको लेखा समितिकलाई बोलाएर असारपछि मर्जर तथा एक्विजिसनमा पाइने सुविधा कटौति हुने जानकारी गराएको थियो ।
यस्तै, असारपछि कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम गर्नु पर्ने राष्ट्र बैंकको व्यवस्था छ । सो विषयमा पनि छलफल गर्न राष्ट्र बैंकले सीईओहरुलाई बोलाएको हो ।
प्रतिक्रिया