अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त

सुरेश शर्मा
224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेड र एनआइसी एशिया क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ । 

एनआइसी एशिया क्यापिटल शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै अब हाइड्रोपावरको संस्थापक समूह तथा सर्वसाधारणमा निष्काशन गरिएको साधारण शेयरहरु सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता गर्ने, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा शेयर कारोवारको लागि सूचिकरण गर्ने तथा सर्वसाधारणमा बाँडफाँड भएको साधारण शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने, कारोवार भएको शेयरहरुको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, शेयरधनी लगत अध्यावधिक गरि राख्ने लगायतका शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु गर्नेछ ।

२०८० साल भदाै ३ गते आइतबारदेखि एनआईसी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल, थापाथली ११, काठमाडौं मार्फत यि सेवाहरु हुनेछ ।