साताकाे पहिलाे दिन

२.२६ अंकले बढ्यो नेप्से, कारोबार रकम ३ अर्ब ८२ करोड


काठमाडौं – साताको पहिलो कारोबारको दिन बजार झिनो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.२६ अंकले बढेर बजार २६ सय २३ दशमलव ५६ को बिन्दुमा बन्द भएको छ। यससँगै, ३ अर्ब ८२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, ४२ हजार ८२५ कित्ता शेयर किनबेच भएको छ।

आज ३६० कम्पनीको शेयर कारोबारमा आउँदा १०५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, १० कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज सबैभन्दा बढी ग्लोबल आइएमई बैंकको शेयर कारोबार भएको छ। आज यस कम्पनीको १५ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, लक्ष्मी सनसाइज बैंकको १२ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी मेच्छियाम हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १०.५८ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले ५.६२ प्रतिशतका दरले कमाएका छन्।आज सबैभन्दा बढी गुमाउनेमा भिजन लुम्बीनी उर्जाका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ८.३३ प्रतिशतका दरले गुमाएका हुन्।