काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो। योसँगै आज सुन प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।…