काठमाडौं – नेपाली बजारमा आज जेठ १८ गते सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन चाँदीको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो।
योसँगै आज सुन प्रतितोला ३ लाख १० हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो आइतबार सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने सामान्य बढेको छ। आज चाँदी तोलामा १० रुपैयाँले बढेको छ। यससँगै आज चाँदी ५ हजार ३ सय ५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।






About Us
प्रतिक्रिया