काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । आज बुधबार सुन तोलामा ६ हजार ५०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँ थियो ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले घटेर प्रतितोला तीन हजार ४० रुपैयाँ कायम भएको छ ।





About Us
प्रतिक्रिया