काठमाडौं – अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा काठमाडौंमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका–२ घर भई हाल काठमाडौंको टोखामा बस्दै आएका ४४ वर्षीय लक्ष्मण गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार टोखा नगरपालिका–१ भण्डारे क्षेत्रमा अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरी टोलीले उक्त स्थानमा पुगेर चेकजाँच गर्ने क्रममा गुरुङलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले गुरुङको साथबाट अखाद्य पदार्थ मिसावट गरिएको भनिएको १५ बाल्टिन मह बरामद गरेको छ। बरामद महको तौल ३८४ केजी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। पक्राउ परेका गुरुङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया