सुनचाँदीको मूल्यमा उच्च वृद्धि, आज कतिमा हुँदैछ किनबेच ?

सुन ताेलामा ५६ सय र चाँदी १७५ रूपैयाँले बढ्याे


काठमाडौं – नेपाली बजारमा आज जेठ १५ गते आज सुन चाँदीको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन चाँदीको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको हो।

योसँगै आज सुन प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ।आज चाँदी तोलामा १७५ रुपैयाँले बढेको छ। यससँगै आज चाँदी ५ हजार ४० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

Skip This