काठमाडौं– स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजारले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला दुई लाख ९१ हजार ५०० रूपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने दुई लाख ९० हजार ५०० रुपैयाँ निर्धारण भएको छ।
यस्तै, चाँदीको मूल्य तोलामा२० रूपैयाँले बढेको छ। मङ्गलबार प्रतितोला पाँच हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने पाँच हजार ८० रूपैयाँ निर्धारण भएको छ।





About Us
प्रतिक्रिया