काठमाडौं – स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा आठ हजार रूपैयाँ दुई सय र चाँदी ३३५ रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल तीन लाख आठ सय रूपैयाँ कायम भएको छ।
एक तोला चाँदीको मूल्य चार हजार ८९५ रूपैयाँ निर्धारण भएको छ। गत शुक्रबार एक तोला सुन तीन लाख नौ हजार रूपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार २३० रूपैयाँमा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको सेतो धातु ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।






About Us
प्रतिक्रिया