काठमाडौं – काठमाडौंको ठमेलबाट प्रहरीले अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गर्ने ३२ जनालाई पक्राउ गरेको छ। उनीहरूलाई ठमेलको नरसिंहचोकस्थित सार्वजनिक सडक खण्डमा बाटो हिँड्ने विदेशी तथा स्वदेशी पर्यटक, सर्वसाधारण मानिसहरूलाई अनावश्यक बाटो छेक्ने, अश्लील कार्यको लागी मोलमोलाई गर्ने, दु:ख हैरानी दिने जस्ता कार्य गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले…