काठमाडौं – डलर देखाइ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भएको ५१ वर्षीय देव बहादुर तामाङ रहेका छन्। काठमाडौंको नागार्जुन नगरपालिका–७ रत्नराज्य स्कूल नजिकै पछाडिको जङ्गलमा डलर साटी दिन्छु भनि पटक-पटक फोन गरी बोलाई रहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको…