काठमाडौं – कैलालीको गौरीगंगा नगरपालिका–४ बाट राजिपुर बझाङ्गी टोल बस्ने जगत धामीको घरको बैठक कोठाबाट जुवातास खेलिरहेको अवस्थामा निज धामीसहित ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। जुवातास खेलिरहेका छन् भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई १ लाख ७९ हजार नगद र ४ गड्डी तास सहित पक्राउ गरेको…