लेनदेन मुद्दामा एक लाख बिगो बापतको १ वर्ष ३ महिना कैद सजाय तोकिएकी जानकी सुनार पक्राउ 


काठमाडौं – लेनदेन मुद्दामा एक लाख बिगो बापतको १ वर्ष ३ महिना कैद सजाय तोकिएका एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुरको भिमदत्त – ५ सुकासालकी जानकी सुनार रहेकी छिन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले सुनारलाई पक्राउ गरेको हो। जिल्ला अदालत कञ्चनपुरले उनीमाथि लेनदेन मुद्दामा एक लाख बिगो बापतको १ वर्ष ३ महिना १३ दिन कैद सजाय फैसला गरेको थियो।