काठमाडौं – सुनसरीको गढी गाउँपालिका–१ मदेली झण्डा चोकबाट चाइनिज पेस्तोल र गोलीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी चौकी चाँदबेलाबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद अवस्थामा पैदल हिँडिरहेका मोरङका नुर महोमद र इम्रान खानमाथि शंका लागेपछि प्रहरीले चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा नुर महोमदको साथबाट एक थान चाइनिज पेस्तोल र त्यसमा लोड गरिएको तीन राउन्ड गोली बरामद गरेको हो। दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दुहवीमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको छ।






About Us
प्रतिक्रिया