काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा झापाका टिका कार्की, सुनसरीकी सरिता बान्तवा राई, नुवाकोटका अग्रीम बिक्रम तिमोथी, धादिङका दिपक चन्द्र गौतम, मोरङका धन प्रसाद काफ्ले, रुपन्देहीकी रूपा सुनार र जुम्लाका रमेश स्वाँर रहेका छन्।
पक्राउमध्ये टिकाले साईप्रस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार रुपैयाँ, सरिताले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३० लाख रुपैयाँ, अग्रीम बिक्रमले दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ८५ हजार रुपैयाँ, दिपक चन्द्रले ग्रिस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख ९४ हजार रुपैयाँ, धन प्रसादले युएइ पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८० हजार रुपैयाँ, रूपाले पोर्चुगल पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २१ लाख रुपैयाँ र रमेशले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रुपैयाँ ठगी गरेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।






About Us
प्रतिक्रिया