काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका तीन जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाका सरोज प्रधान, अछामकी राजेश्वरी कुँवर र दोलखाकी दीपिका केसी रहेका छन्।
प्रहरीका अनुसार अदालतले प्रधानलाई ४ दिन कैद ३५ हजार जरिवाना, कुँवरलाई १ दिन कैद र २५ हजार जरिवाना र केसीलाई ३ दिन कैद र २० हजार जरिवाना तोकिएको थियो।
जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई गोप्य सूचनाको आधारमा पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा पेस गरिएको छ।






About Us
प्रतिक्रिया