काठमाडौं – ललितपुरको थसिखेलमा प्रहरी हुँ भन्दै घरभित्र प्रवेश गरी लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंका सन्देश शाही र रौतहटका विनोद मगर रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले सन्देश शाहीको घरमा प्रवेश गरी आफूहरू सादा पोसाकका प्रहरी भएको भन्दै डर, त्रास तथा धम्की देखाएका थिए। त्यसपछि पीडितलाई पल्सर मोटरसाइकलमा राखी ललितपुर महानगरपालिका– १४ ताल्छिखेलस्थित सुनसान स्थानमा लगेर लुटपाट गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट आईफोन १६ प्रो मोबाइल १ थान, चाँदीको जस्तो देखिने ब्रासलेट चेन १ थान र एनएस पल्सर मोटरसाइकल बरामद गरेको छ। पक्राउ परेका उनीहरूलाई ५ दिनको म्याद थप गरी जिल्ला प्रहरी परिसर ललितपुर मातहत सात दोबाटो वृत्तबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया