काठमाडौं – एक करोड ४८ लाख बढीको क्रिप्टोकरेन्सी कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका – ५ घर भएका मुकेश प्रजापती रहेका छन्। उनलाई प्रहरीले काठमाडौंको माइतीघरबाट पक्राउ गरेको हो।
उनले विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी सर्वसाधारणलाई प्रलोभन देखाई ठगी गरेको रकमलाई युएसडीसी क्रिप्टोकरेन्सीमा साटी कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ। साथै, उनले हालसम्म १ करोड ४८ लाख ७६ हजार बराबरको क्रिप्टो करेन्सीको कारोबार गरेको प्रहरीले जनाएको छ। उनले क्रिप्टोकरेन्सी कारोबार गर्ने विभिन्न खाताहरूमा युएसडीसी ७४८५.२३ (नेपाली ११ लाख ४१ हजार) रूपैयाँ मौज्दात रहेको अनुसन्धानको क्रममा खुल्न आएको छ।
उनलाई नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।






About Us
प्रतिक्रिया