काठमाडौं – कपिलवस्तुको मायादेवी गाउँपालिका-२ अभिरावमा स्रोत नखुलेको साढे ५ लाख रुपैयाँ बरामद भएको छ। पकडी-चारकचौडा सडक अन्तर्गत असार २० गते पकडीबाट चारकचौडा तर्फ जाँदै गरेको लु ३५ प ८९५९ नम्बरको मोटरसाइकलको सिटमुनिबाट ५ लाख ४८ हजार ५ सय रुपैयाँ बरामद भएको हो।
गोप्य सूचनाका आधारमा प्रहरीले सो मोटरसाइकलको पिछा गर्दा मोटरसाइकल चालक भने मोटरसाइकल छाडेर भागे। जाँचका क्रममा मोटरसाइकलको सिटमुनि लुकाइराखेको अवस्थामा सो रकम फेला परेको प्रहरीले जनाएकाे छ।
बरामद मोटरसाइकल र रकम सुठौली भन्सार पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएकाे छ।






About Us
प्रतिक्रिया