स्रोत नखुलेको नेपाली नगद ३९ लाखसहित मनमोहन साह कलवार पक्राउ 


काठमाडौं – काठमाडौंको जम्बुडाडास्थित पहेँलो पुलबाट स्रोत नखुलेको नेपाली रुपैयाँ ३९ लाख ४१  हजारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका– ७ घर भई काठमाडौंको कालीमाटी बस्ने वर्ष २३ को मनमोहन साह कलवार रहेका छन् । 

काठमाडौंको जम्बुडाडास्थित पहेँलो पुलमा झोला बोकी हिँडिरहेको अवस्थामा उनलाई चेकजाँच गर्दा उक्त रकम फेला परेको हो । उनलाई नियन्त्रणमा लिई प्रहरी वृत्त बौद्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।