काठमाडौं – नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा दिवान चन्द निर्वाचित भएका छन् । आइतबार पोखरामा भएको संघको ३० औं वार्षिक साधारणसभा एवं १२ औं अधिवेशनमा हिमालयन पेट्रो केमिकल्स प्रालिका सञ्चालक समेत रहेका चन्दले ३३ मत प्राप्त गर्दै अध्यक्षमा चयन भएका हुन्। संघको अध्यक्षबाहेकका पदमा भने सर्वसम्मत पदाधिकारी तथा कार्यसमिति सदस्यहरु चयन भएका छन् ।…