नाइमा नेपाल मोबिलिटी एक्स्पोमा १८ वटा दुई पाङ्ग्रे ब्राण्डहरु सहभागी हुने


काठमाडौं – नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसाेसिएसन (नाइमा) नेपाल मोबिलिटी एक्स्पो २०२६ मा १८ वटा दुई पाङ्ग्रे ब्राण्डहरु सहभागी हुने भएका छन् । नाइमाकाअनुसार एक्स्पोमा १८ वटा दुई पाङ्ग्रे ब्राण्ड सहभागि हुने भएका हुन् ।

अटो शोमा बजाज, केटीएम, ट्रायम्फ, होन्डा, टिभिएस, याडिया, नियु, रोयल एनफिल्ड, सीएक्समोटो, जिहो, अल्ट्रा भायोलेट, सुजुकी, एथर, केरन, प्युझोट, बीगस, ग्यारो जस्ता नयाँ ब्राण्डहरू सहभागी हुँदैछन् ।

यसपटक विद्युतीय तथा पेट्रोल दुवै किसिमका मोटरसाइकल र स्कुटरहरू प्रदर्शनमा रहनेछ । यही साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा आयोजना हुन लागेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१ वटा ब्राण्डको सहभागिता जनाएकाे छन् ।