एफएनसीसीआई वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघईको उम्मेद्वारी पक्का

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि उद्यमी रामचन्द्र संघईले उम्मेदवारी दिने पक्का भएको छ। देशभरका उद्यमी व्यवसायी तथा महासंघका पूर्व अध्यक्षहरूसँगको व्यापक छलफल र परामर्शपछि संघईले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेका हुन्। विगत २२ वर्षदेखि महासंघमा सक्रिय संघई यसअघि महासंघका उपाध्यक्षसमेत रहिसकेका छन्। संघईले रविभक्त श्रेष्ठको कार्यकालदेखि महासंघमा आफ्नो सक्रियता…