अन्जन श्रेष्ठ बने महासंघको २१औं अध्यक्ष

काठमाडौं । लक्ष्मी समूहका कार्यकारी निर्देशक अन्जन श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को २१औं अध्यक्ष बनेका छन्। मंगलबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा महासंघको ६०औं वार्षिक साधारण सभा सम्पन्न भएसँगै श्रेष्ठ महासंघको २१औं अध्यक्ष बनेका हुन्। यससँगै, ढकालको ३ वर्षे कार्यकाल सकिएको छ। महासंघमा हालसम्म ३ वर्षको कार्यकाल व्यवस्था रहेको थियो। यसपटक भने महासंघको नेतृत्वले विधान संशोधन…