महासंघ एसोसिएटतर्फ १७ सदस्य चयन, सचिन ढकालले ल्याए लोकप्रिय मत


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फ महासंघ एसोसिएटतर्फ १७ सदस्य चयन, सचिन ढकालले ल्याए लोकप्रिय मत१७ सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार सचिन ढकाल सर्वाधिक मतसहित विजयी भएका छन्।

ढकालले १३३८ मत प्राप्त गर्दै शीर्ष स्थान हासिल गर्दा हेमन्त गोल्छाले १२०२ मत ल्याएर दोस्रो स्थान सुरक्षित गरे। त्यसैगरी अभिषेक प्रसाद पौडेलले ११६३ मत प्राप्त गरेका छन्।

निर्वाचनमा उज्ज्वल कुमार श्रेष्ठले ११६६, शक्ति कुमार वेगानीले ११४२ र नरेश अग्रवालले १११२ मत ल्याएका छन्। सुशील थापाले १०९४ मत प्राप्त गर्दा राजेश कुमार अग्रवालले १०८२ मत ल्याएर विजयी बने।

त्यस्तै सुकस प्याकुरेलले १०६९, रामशरण भण्डारीले १०४३ र बाबु काजी कार्कीले १००६ मत प्राप्त गरेका छन्। दिवश न्यौपानेले ९११, कृष्ण लाल महर्जनले ९७४ तथा प्रियराज रेग्मीले ९५४ मत ल्याएका छन्।

यसैगरी इश्वर बहादुर जिसीले ९४९, सुरज उप्रेतीले ९०७ र बटु लामिछानेले ८६० मत प्राप्त गर्दै अन्तिम १७ भित्र स्थान सुरक्षित गरेका छन्।

महासंघको एसोसिएटतर्फको यो निर्वाचनमा निजी क्षेत्रका विभिन्न व्यवसायीहरूको प्रतिस्पर्धा रहेको थियो। विजयी सदस्यहरूले आगामी कार्यकालमा महासंघभित्र एसोसिएट क्षेत्रको प्रतिनिधित्व गर्नेछन्।