एफएनसीसीआई चुनाव

वरिष्ठ र कोषाध्यक्षमा अन्जन समूह विजयी, पाण्डे समूहलाई अनेपेक्षित मत


काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्षमा अन्जन समूह विजयी बनेको छ। आज सम्पन्न महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचनमा श्रेष्ठ समूह अत्याधिक मत ल्याउँदै विजयी बनेको हो।

यही वर्षको वैशाख २१ गते सम्पन्न भएको कार्यसमितिको निर्वाचनले आज वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष निर्वाचित गरेको हो। वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ समूहले अघि सारेका सुरकृष्ण वैद्य ५६ मत ल्याउँदै विजयी भएका छन्। उनका प्रत्यासी रामचन्द्र संघईले ३० मत ल्याएका छन्।

यस्तै, श्रेष्ठ समूहबाट कोषाध्यक्षमा अघि सारिएका मनिषलाल प्रधानले ६१ मत ल्याउँदै विजयी भएका छन्। उनका प्रतिस्पर्धी अम्बिका प्रसाद पौडेलले २५ मत प्राप्त गरे।

वरिष्ठ उपाध्यक्षमा वैद्य र संघईसँगै भरतराज आचार्य र हेमराज ढकाल समेत प्रत्यासी थिए। जसमध्ये ढकालले निर्वाचन अघि नाम र्फिता लिए भने आचार्यले उम्मेद्वारी नै दिएनन्।