एजेन्सी – डेढ महिनाभन्दा लामो समय चलेको फिफा विश्वकप २०२६ को फाइनल आज अमेरिकाको न्यू जर्सिमा हुँदैछ। विश्वभरका ४८ वटा देशको सहभागिता रहेको यो विश्वकप जुन १० मा सुरु भएको थियो। उत्तर अमेरिकी देशहरु अमेरिकासहित क्यानडा र मेक्सिकोमा सम्पन्न अघिल्ला खेलहरुबाट अर्जेन्टिना र स्पेन फाइनलमा पुगेका छन्।
यीनै दुई टोलीबिच आज रातको १२ बजेर ४५ मिनेटदेखि (नेपाली समय) फाइनल खेल सुरु हुनेछ। तर फुटबल विश्वकपमा खेलभन्दा धेरै आम्दानी, खर्च र ब्राण्डहरुको भिडन्त हुन्छ। यसपटकको विश्वकपमा समेत यही क्रम हाबि भयो। अझै विगतमा ३२ वटा टोलि सहभागी हुने गरेकामा यसपटक ४८ वटा देशको सहभागिताका क्रममा विश्वकपबाट हुने आम्दानी झण्डै दोब्बरले बढ्यो।
बेलायती पत्रिका द गार्डियनका अनुसार विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप २०२६ बाट अहिलेसम्मकै उच्च १५ बिलियन अमेरिकी डलर आम्दानी गरेको घोषणा गरिसकेको छ। जबकी फिफाले नै विश्वकप सुरु हुनुभन्दा अघि ११ बिलियन अमेरिकी डलर मात्रै आम्दानीको लक्ष्य राखेको थियो।
फिफाले विश्वकपमा टिकेट, हस्पिटालिटी, ब्राण्ड प्रमोसन लगायतबाट ठूलो रकम कुम्ल्याउँछ। यसबाहेक दोस्रो बजारमा हुने टिकट बिक्रीबाट समेत ठूलो रकम लिने गर्छ। बिक्रेताबाट १५ प्रतिशत र खरिदकर्ताबाट १५ प्रतिशत रकम उठाउने गरेको गार्डिएन उल्लेख गर्छ। बीबीसीका अनुसार फिफाले आजभन्दा ४ वर्षअघि कतारमा भएको विश्वकपबाट ७.६ बिलियन अमेरिकी डलर आम्दानी गरेको थियो।
जुन, २०२६ विश्वकपकोभन्दा ठ्याक्कै ५० प्रतिशतले न्यून हो। फिफाको आम्दानी मूख्यगरी ब्रोडकास्टिङ, लाइसेन्स वितरण, हस्पटालिटी, टिकट र ब्राण्ड प्रमोसन नै हो। विगतको तुलनामा १६ वटा बढी गरी ४८ वटा टोलीले विश्वकप खेलेपछि स्वत यी शीर्षकको आम्दानी बढ्यो नै।
टिकट मूल्य इतिहासकै उच्च
अमेरिका, क्यानडा र मेक्सिकोमा जारी विश्वकपमा यसपटक दर्शक भने मारमा परेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अमेरिकामा विश्वकपको टिकट मूल्य ३३ हजार अमेरिकी डलरसम्ममा बिक्यो। यसबाहेक पुन बिक्रिका लागि राखिएको कतिपय टिकटको मूल्य २ मिलियनसम्म पुगेको बीबीसीले उल्लेख गरेको छ। यी आज राति न्यू जर्सिको मेटलाइफ स्टेडयममा हुने स्पेन र फ्रान्सबीचको फाइनल खेलका लागि बिकेको टकटको मूल्य हो।
एडिडासले जित्यो २०२६ विश्वकप
विश्वकपका आधिकारिक प्रायोजकहरूले फिफासँग आफ्नो नाम जोड्न निकै ठूलो रकम खर्च गर्छन्। जसको फाइदा एडिडास र कोकाकोला जस्ता कम्पनीहरूलाई भइरहेको छ। किनकी यी कम्पनीको लोगोहरू रंगशालाभरि देखिन्छन्।
जर्मन खेलकुद ब्राण्ड एडिडास र यसको मुख्य प्रतिस्पर्धी कम्पनी नाइकीबीच बजारमा ठूलो प्रतिस्पर्धा छ। एडिडासले लामिन यमाल, जुड बेलिङ्घम र लियोनेल मेस्सी जस्ता स्टार खेलाडीहरूलाई फिचर गर्दै आफ्नो ‘ब्याकयार्ड लेजेन्ड्स’ विज्ञापनका लागि मात्र करिब ५ करोड पाउण्ड खर्च गरेको छ।
यीमध्ये ३ जना खेलाडी नै सेमिफाइनल पुगे भने लामिन यमाल र लियोनेल मेस्सी फाइनल नै पुगे। अब फाइनलमा जसले जितेपनि एडिडास नै विश्व विजेता बन्ने निश्चितप्राय छ। अर्कोतर्फ, फिफाको कडा नियमका कारण आधिकारिकबाहेक अन्य ब्राण्डहरूलाई रंगशालामा लुकाउने प्रयास गरियो।
उदाहरणका लागि, सान फ्रान्सिस्कोको ‘लेभिज स्टेडियम’ बाहिर रहेको लेभिजको लोगोलाई फिफाकै नियमका कारण छोपिएको थियो। यद्यपि, यस्ता प्रतिबन्धहरूका कारण ती अनौपचारिक ब्राण्डहरू झनै चर्चामा आउँदा उनीहरूलाई अप्रत्यक्ष फाइदा पुगेको विज्ञहरू बताउँछन्।
अमेरिकामा विश्वकप प्रसारणको अधिकार करिब ४८ करोड ५० लाख डलरमा किनेको ‘फक्स स्पोर्ट्स’ ले यी हाइड्रेशन ब्रेकहरूलाई कुनै न कुनै ब्राण्डद्वारा ‘प्रायोजित’ भन्दै विज्ञापन देखाउन सुरु गरेको छ।
विज्ञहरूका अनुसार, फक्स स्पोर्ट्समा विश्वकपको समयमा औसत ३० सेकेन्डको विज्ञापन स्लटको मूल्य २ लाखदेखि ३ लाख अमेरिकी डलरसम्म पर्छ। अमेरिकाका खेलहरू र नकआउट चरणका महत्त्वपूर्ण खेलहरू चल्दा यो मूल्य बढेर प्रति ३० सेकेन्ड ७ लाख ५० हजार डलर (करिब १० करोड नेपाली रुपैयाँ) सम्म पुगेको थियो।
१९ वर्षिय यमाल भर्सेस ४१ वर्षिय मेस्सी
१ महिनाभन्दा लामो समय चलेको विश्वकपको फाइनलमा अनौठो संयोग देखिएको छ। जसमा १९ वर्षका लामिन यमालले स्पेनकातर्फबाट ४१ वर्षिय मेस्सीसँग उपाधिका लागि भिडन्त गर्दैछन्। रोचक विषयचाँही यमाल मेस्सीका चेला नै हुन्। यमाललाई २००७ मा मेस्सीले नुहाइदिँदै गरेको तस्बिरले यतिबेला इन्टरनेटको दुनिया हल्लाइरहको छ।
उनी यमाल अहिले विश्वविजेता बन्न आफ्नै गुरु मेस्सीसँग भिड्दैछन्। मेस्सी पेरिस सेन्ट जर्माइन जानुअघि बार्सिलोनामा दुइ दशक हाराहारी फुटबल खेलेका थिए। यतिबेला यमालले मेस्सीकै जर्सी लगाएर बार्सिलोनामा खेलिरहेका छन्। यी दुइमध्ये स्पेन २०१० को विश्वविजेता हो भने अर्जेन्ट्ना २०२२ को विजेता हो। योभन्दा अघी अर्जेन्टिनाले ३ पटक उपाधि जितिसकेको छ।
विश्व विजेताले पाउँछन् ५ करोड डलर, उपविजेतालाई ३ करोड ३० लाख
फिफा विश्वकप २०२६ को पुरस्कार राशिमा यस पटक ऐतिहासिक वृद्धि गरिएको छ। ४८ टोलीहरू सहभागी भइरहेको यस संस्करणमा फिफाले कुल ८७१ मिलियन अमेरिकी डलर (करिब १ खर्ब १६ अर्ब नेपाली रुपैयाँ) को विशाल वित्तीय प्याकेज घोषणा गरेको छ। यो रकम सन् २०२२ को कतार विश्वकपको तुलनामा झण्डै दोब्बर हो।
फिफाका अनुसार यस पटक प्रतियोगिताको फाइनल जित्ने टोलीले ५० मिलियन अमेरिकी डलर (करिब ६ अर्ब ६७ करोड नेपाली रुपैयाँ) हात पार्नेछ। उपविजेताले ३३ मिलियन डलर पाउने हुँदा विश्वकपको फाइनल भिडन्त उपाधिसँगै १७ मिलियन डलरको सोझो अन्तरका लागिसमेत रोमाञ्चक बनेको छ।
विश्वकपको ढाँचा विस्तार भएसँगै फिफाले तल्लो तहका टोलीहरूको वित्तीय सुरक्षामा विशेष ध्यान दिएको छ। समूह चरणबाटै बाहिरिने १६ वटा टोलीहरूले पनि प्रति टोली ९ मिलियन डलर सँगै थप २.५ मिलियन डलर तयारी खर्च र १० मिलियन डलर छनोट ग्यारेन्टी रकमसहित कुल १२.५ मिलियन डलर (न्यूनतम) सुनिश्चित गरेका छन्।






About Us
प्रतिक्रिया