नाइमा एक्पोमा ५१ वटा ब्राण्डको सहभागिता पक्का, टोयोटा र रोयलइन्फिल्डसहित अन्य कुन–कुन छन् ?


काठमाडौं – यही साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा आयोजना हुन लागेको नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ मा ५१ वटा ब्राण्डको सहभागिता पक्का भएको छ। नाइमाका अनुसार अहिलेसम्म दुई पाङ्ग्रे र चार पाङ्ग्रेसहित अन्य ब्राण्ड गरी ५१ वटाले स्टल बुक गरेका हुन्।

नाइमा एक्सपोमा अहिलेसम्म महिन्द्रा, किया, वीवाईडी, स्काइवोर्थ, एमजी र बजाज जस्ता ब्राण्डले आफ्नो स्टल बुक गरिसकेका छन्। यसैगरी, केटीएम, ट्रिअम्प, टीभिएस, प्रोटोन, चेरी, यादिया, फोरथिङ, हुन्डाइ लगायतका छन्।

यसबाहेक, निशान, लिपमोटर, टाटा मोटर, ओमोडा–जेको, आईकार, होन्डा, रोयल इन्फिल्ड, टोयोटा, सुजुकि, जीडब्लुएम र एथर जस्ता ब्राण्डहरुले आफ्नो स्टल बुक गरेर सहभागिता सुनिश्चितता गरेका छन्।