नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

बैकिङ्ग समाचार । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार शेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ३१ प्रतिशत बोनस शेयर तथा साधारण सभाको बुकक्लोजसँगै बुधबार कम्पनीको शेयरमूल्य समायोजन भएको हो । नेप्सेले बोनस शेयरमा मूल्य समायोजन गरी प्रतिकित्ता २ हजार १९२ रूपैयाँ निर्धारण गरेको छ…