अब ‘मेरो सेयर’को पासवर्ड आफैँ रिसेट गर्न सकिने, यस्तो छ प्रक्रिया 

अब ‘मेरो सेयर’को पासवर्ड आफैँ रिसेट गर्न सकिने, यस्तो छ प्रक्रिया 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
प्राथमिक सेयर (आइपिओ) भर्ने अनलाइन प्रणाली मेरो सेयरको पासवर्ड प्रयोगकर्ता आफैले रिसेट गर्न पाउने भएका छन्।

एकपटक लिइसकेपछि हराएको वा बिर्सिएको पासवर्ड पुनः रिसेट गर्नुपर्ने भएमा हालसम्म हालसम्म आफ्नो डिम्याट खाता भएको संस्थाबाट मात्रै रिसेट हुँदै आएको थियो। 

सिडिएस एण्ड क्लियरिङले मेरो सेयरमा प्रयोगकर्ता आफैले बिर्सिएको खण्डमा नयाँ पासवर्ड सेट गर्न सक्ने छन्। यसका लागि मेरो सेयरको लगइन पेजमा रहेको ‘फर्गोट योर पासवर्ड’ लिंकमा क्लिक गरेर आफ्नो पासवर्ड रिसेट गर्न सकिने व्यवस्था मिलाइएको जनाएको छ। 

फर्गोट योर पासवर्डमा क्लिक गरिसकेपछि आफ्नो डिम्याट खाता भएको संस्था, युजरनेम, इमेल र जन्ममिति भरेर ‘सेन्ड’ गर्नुपर्छ। हालसम्म ४० लाख ८७ हजारले डिम्याट खाता खोलेका छन्। यद्यपि यीमध्ये केही खाता दोहोरिएका छन् भने केही खाता अहिले निष्क्रिय भइसकेका छन्।