अर्थ समितिको निर्देशनपछि अध्यक्ष ढुंगाना र सीईओ साउदलाई निलम्बन गर्ने मन्त्रालयको तयारी

अर्थ समितिको निर्देशनपछि अध्यक्ष ढुंगाना र सीईओ साउदलाई निलम्बन गर्ने मन्त्रालयको तयारी

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
अर्थ मन्त्रालयले सर्वाेत्तम सिमेन्टको सेयर प्रकरणमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउँदलाई निलम्बन गर्ने तयारी थालेको छ । मन्त्रालय स्रोतका अनुसार अनुसन्धान सहज बनाउन निलम्बन गर्ने तयारी थालिएको छ ।

अध्यक्ष ढुंगाना र सीईओ साउँदले परिवारको नाममा सर्वाेत्तम सिमेन्टको सेयर किनेको प्रमाण सार्वजनिक भएपछि अर्थ मन्त्रालयले स्पष्टिकरण नै मागेको थियो । सर्वोत्तम सिमेन्टको ओटिसी सेयर खरिद प्रकरणका बारेमा अनुसन्धानलाई सहज बनाउनको लागी निलम्बन गर्न लागिएको मन्त्रालय स्रोतले बताएको छ । स्रोतका अनुसार अनुसन्धानमा कुनै कसुर बाँकि नराखिएको बताएको छ । यस विषयमा संलग्न भएका सम्वन्धित ब्यक्ति र पक्षको पनि अनुसन्धान भईरहेको बताइएको छ ।

धितोपत्र बजारसम्बधी विज्ञ र चार्टड एकाउन्टेन्ससमेत राखेर यस विषयमा अनुसन्धान भईरहेको मन्त्रालयले जनाएको छ । तर अनुसन्धानमा संलग्न रहेका सदस्यहरुको नाम भने खुलाईएको छैन् । अर्थ मन्त्रालय कानून तथा फैसला कार्यान्वयन महाशाखा प्रमुख पाराश्वर ढुंगानाको संयोजकत्वमा ५ सदस्यीय अध्ययन कार्यदल गठन गरिएको छ । पहिलो पटक बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन तथा बिक्रीको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयरमा नियामक निकायका प्रमुख नै मुछिएपछि मन्त्रालयले नै चासो देखाएको हो ।

यस अघि प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले नेपाल धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीले पदीय दुरुपयोग गरी अनुचित लाभ लिएको ठहर गरेको थियो । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले पदीय दुरुपयोग गरी अनुचित लाभ लिने पदाधिकारीलाई कानुन अनुसार कारबाही गर्न सरकारलाई निर्देशन दिएको थियो ।