सर्बोत्तम सिमेन्ट प्रकरण: बोर्ड सदस्य चन्द्र ढकालले पनि दिए राजिनामा

सर्बोत्तम सिमेन्ट प्रकरण: बोर्ड सदस्य चन्द्र ढकालले पनि दिए राजिनामा

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
बुक बिल्डिङ प्रणालीमार्फत सेयर जारी गर्ने तयारीमा रहेको सर्बोत्तम सिमेन्ट विवादमा तानिएपछि धितोपत्र बोर्डको सञ्चालकबाट चन्द्रप्रसाद ढकालले राजीनामा गरेका छन्। 

ढकाल नेपाल उद्योग बाणिज्य महासंघको तर्फबाट बोर्डमा पदेन सञ्चालक हुन्। बरिष्ठ उपाध्यक्ष रहेका ढकालको ठाउँमा महासंघले अर्कै सदस्यलाई मनोनित गरेर पठाउने छ। ढकालले महासंघ अध्यक्ष शेखर गोल्छालाई आफ्नो ठाउँमा अरु सदस्यलाई पठाउन भनेका छन्। 

महासंघको तर्फबाट सञ्चालकका रुपमा अन्जन श्रेष्ठ जाने छन्। श्रेष्ठ महासंघको बस्तुगत उपाध्यक्ष हुन्।

ढकालको परिवारका केही सदस्यको नाममा सर्बोत्तमको प्रमोटर सेयर छ। कम्पनीको सेयर धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले छोरीको नाममा खरीद गरेको खुलेपछि बिबादित बनेको थियो। 

यही काण्डमा जोडिएका नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पनि मंगलबार राजीनामा गरिसकेका छन्। उनले श्रीमतीको नाममा खरीद गरेका थिए।