विवादमा तानिएका नेप्सेका सीईओ साउँदले दिए राजीनामा

विवादमा तानिएका नेप्सेका सीईओ साउँदले दिए राजीनामा

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।  
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर परिवारका नाममा किनेको प्रमाण सार्वजनिक भएपछि विवादमा तानिएका थिए ।

यस अघि उनलाई अर्थ मन्त्रालयले स्पष्टीकरण समेत सोधेको थियो । संसदको अर्थ समितिका सदस्यहरुले साउदलाई निलम्बन गरी कारवाही सुरु गर्न अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । सीईओ साउँदले आफ्नी श्रीमतिको नाममा सेयर किनेपछि विवादमा तानिएका थिए ।