कुमारी बैंकको ४० हजार कित्ता संस्थापक शेयर विक्रीमा

कुमारी बैंकको ४० हजार कित्ता संस्थापक शेयर विक्रीमा

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंक लिमिटेडको ४० हजार कित्ता संस्थापक शेयर भदौ ९ गते बुधवारदेखि विक्रीमा आएको छ । बैंकको शेयरधनी सदस्य रोशनी बज्राचार्यले विक्री गर्न चाहेको उक्त शेयर विद्यमान संस्थापक हरुले खरिद गर्न सक्ने गरी विक्रीमा आएको हो ।

यो शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको प्रधान कार्यालय, टंगाल, काठमाडौंमा निवेदन बुझाउनु पर्नेछ । बैंकले शेयरको मूल्य भने तोकेको छैन् । ३५ दिनभित्र विद्यमान संस्थापक सदस्यहरुबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर विक्रीको प्रकृया अघि बढाईने बैंकको भनाई छ । बैंकको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।