बैकिङ्ग समाचार। पछिल्लो एउटा खुलासा अनुसार एचएसबीसी बैंकले घोटालाबारे थाहा पाए पनि ती कार्यमा सङ्लग्न रहेकाहरूलाई विश्वभर लाखौँ डलर पठाउन दिएको उल्लेख गरिएको छ। ब्रिटेनको सबैभन्दा ठूलो बैंकले सन् २०१३ र २०१४ मा आफ्नो अमेरिकी व्यवसायमार्फत एचएसबीसीको हङ्कङस्थित खातामा रकम सारेको थियो। एचएसबीसीको ८ करोड अमेरिकी डलर बराबरको घोटालाको विस्तृत विवरण बैंकहरुको ‘सस्पिसियस एक्टीभीटी रिपोर्टस’…