विकासोन्मुख सदस्य राष्ट्रमा भ्याक्सिन आपूर्तिका लागि एडिबीले ९ अर्ब डलर सहयोग गर्ने 

विकासोन्मुख सदस्य राष्ट्रमा भ्याक्सिन आपूर्तिका लागि एडिबीले ९ अर्ब डलर सहयोग गर्ने 


बैंकिङ्ग समाचार ।
एसियाली विकास वैंकले आफ्ना विकासोन्मुख  सदस्य देशहरुमा कोरोना विरुद्धको भ्याक्सिन सहज आपूर्तिका लागि ९ अर्ब डलर सहयोग गर्ने भएको छ। 

वैंकले ९ अर्ब डलरको भ्याक्सिन इनिसियसन कार्यक्रम अघि सारेको छ। एसिया प्यास्याफिक भ्याक्सिन एक्सिस फ्यासिलिटी कार्यकार्यक्रम अन्तर्गत विकासोन्मुख देशहरुमा सहज र द्रुत भ्याक्सिन आपूर्तिका लागि यो कार्यक्रम ल्याएको हो। 

एसिया प्यास्याफिक क्षेत्रमा १ करोड ४३ लाख बढी संक्रमित भएको र २ लाख भन्दा बढीको ज्यान गएको छ। महामारीका कारण यो क्षेत्रको अर्थतन्त्र ०.४ प्रतिशतको बृद्धिदरमा खुम्चिएको छ। यो सन् १९६० पछिकै न्यून हो। 

कोभिड-१९ को प्रभाव न्यूनीकरण गर्नका लागि सुरक्षित, पूर्वाधारयुक्त र प्रभावकारी भ्याक्सिनको आपूर्तिमा उच्च प्राथमिकता रहेको वैंकले जानकारी दिएको छ।