एउटा जूम कलले उठाएको बहस: के कसैको चित्त नदुखाई जागिरबाट निकाल्न सकिँदैन ?

बैंकिङ्ग समाचार। एन्ड्रे सान्तोस एउटा वित्तीय कम्पनीमा काम गर्थे। दुई वर्षसम्म त्यहाँका व्यवस्थापकहरूले उनको सकारात्मक मूल्याङ्कन गरे। तर एक दिन कार्यालयबाट आएको एउटा फोनले उनलाई छक्क पार्‍यो। कार्यालयको मानव संसाधन प्रतिनिधिले उनलाई निकै छोटो सन्देश समेत पठाएका थिए: कम्पनीको संरचना फेरिँदै थियो र त्यसले पारेको असरका कारण एन्ड्रे बरखास्त भए। "मैले आत्तिएर सोधेँः तपाईँ यो…