भारतका सात वटा बैंकको ५२५ करोडभन्दा बढीको ठगी

भारतका सात वटा बैंकको ५२५ करोडभन्दा बढीको ठगी


एजेन्सी । भारतको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई)ले बिहीबार ५२५ करोड रुपैयाँ  भारु बराबरको दुई अलग बैंक ठगी प्रकरणमा मुद्दा दर्ता गरेको छ ।  सीबीआईले करिब ४५२.६२ करोड रूपैयाँ र दोस्रो बैंक ७२ करोडको ठगीको पहिलो केस दर्ता गरेको हो ।

सीबीआईका एक अधिकारीले भारतीय मिडियालाई दिएको जानकारी अनुसार स्टेट बैंक अफ इण्डियामा अहमदाबाद स्थित वारिया इंजीनियरिंग वर्क्स प्राइवेट लिमिटेड, हिमांशु प्रफुल्लचन्द वारिया, सेजल वारिया, कृष टेक९कन्स प्राइवेट लिमिटेड, सरकारी कर्मचारीहरू र अन्य  व्यक्तिहरूको बिरूद्ध मुद्दा दर्ता गरिएको छ ।

एसबीआईले आफ्नो आरोप पत्रमा २०१३ र २०१७को बीच अहमदाबाद कम्पनी र यस कम्पनीका अधिकारीहरूले ४५२.६२  करोड रकम बैंकको कन्सोर्टियमबाट गरेका थिए । उक्त अधिकारीका अनुसार २०१३ र २०१७ बीच आरोपीले एसबीआई, बैंक अफ इन्डिया, बैंक अफ बडोदा, सेन्ट्रल बैंक अफ इन्डिया, बैंक अफ महाराष्ट्र, पंजाब नेश्नल बैंक र विजया बैंकको ऋण लिएर नतिरी बैंकलाइक्षर्् ठगी गरेका थिए ।