ब्राजिलमा बैंक लुटेराले सडकमा पैसा छरेपछि..

ब्राजिलमा बैंक लुटेराले सडकमा पैसा छरेपछि..


एजेन्सी,
ब्राजिलको सान्टा काटारिना राज्यको क्रिस्युमा शहरमा बैंक लुटेराहरु प्रहरीबाट भाग्नका लागि सडकमा पैसा छरेका छन् । लुटेराहरुले ३० जना हतियारधारी लुटेराहरुले शहरनै नियन्त्रणमा लिइ बैक लुटेका हुन् ।

बैंक लुटिसकेपछि भाग्ने क्रममा प्रहरीको आक्रमणवाट बच्नका लागि लुटेराहरुले सडकमा पैसा छरे । शहरमा पैसा छरेपछि स्थानीयहरु पैसा टिप्नका लागि सडकमा आउने र प्रहरीबाट आफुहरु उम्किन सहज हुने रणनीति अनुसार लुटेराले काम गरेका छन् ।

१० वटा कारमा आएका लुटेराहरुले बैंको दो ब्राजिल लगायतका बिभिन्न बैंकहरु लुट्ने योजना गरेर आएको प्रहरीले जनाएको छ । सडकमा छरेको पैसा टिप्न सर्वसाधारण बाहिर निस्कने र प्रहरीले आफूहरुमाथि गोली चलाउन अवरोध हुने योजना अनुसार पैसा फालेको प्रहरीको अनुमान छ ।

सामाजिक सञ्जालमा राखिएका भिडियोमा स्थानीयहरुले घर बाहिर दौडदैं पैसा टिपेको पनि देखिएको छ । प्रहरीले सडकबाट एक लाख १२ हजार भन्दा धेरै यूरो टिप्ने चार जना सर्वसाधारणलाई पक्राउ समेत गरेको जनाएको छ । बैंको दो ब्राजिललाई मुख्य निशाना बनाएका लुटेराहरुले कति पैसा नोक्सान पु¥याए भन्ने अझै पनि यकिन हुन सकेको छैन ।