बैकिङ्ग समाचार, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरण गर्दा विलम्ब शुल्कमा छुट दिने व्यवस्था गरेको छ । इन्स्योरेन्सले असार १० गतेदेखि असार २४ गतेसम्म व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशत विलम्ब शुल्क छुटको व्यवस्था गरेको जनाएको छ । हालको विषम परिस्थितिको कारण ग्राहकहरुको मागलाई मध्यनजर गर्दै यस्तो सुविधा ल्याएको जानकारी दिएको छ ।