सगरमाथा इन्स्योरेन्सले बोलायो वार्षिक सभा, के-के छन् एजेण्डा ?

सगरमाथा इन्स्योरेन्सले बोलायो वार्षिक सभा, के-के छन् एजेण्डा ?

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं । 
सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असार ८ गते मंगलबार बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको २४औं सभा असार ३० गते कम्पनीको प्रधान कार्यालय, नक्साल, काठमाडौंमा बिहान भिडियो कन्फरेन्स माध्यमबाट ११ बजे सुरु हुनेछ ।

सभाले संचालक समितिबाट प्रस्ताव भए बमोजिम कम्पनीको हालको चुक्ता पूँजीको ११ प्रतिशत अर्थात् १०:१.१० अनुपातमा सेयर बोनस सेयर  जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित वासलात नाफा-नोक्सान हिसाब नगद प्रवाह विवरण र सो सम्बन्धित अनुसूचीहरु माथि छलफल गरी पारित गर्नुका साथै, लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ ।

त्यस्तै, साधारण सभा प्रयोजनको लागि कम्पनीले असार १७ गतेदेखि बुकक्लोज गर्दैछ । त्यसैले असार १६ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।