युनियन र सानिमा लाईफद्धारा १ अर्ब २४ करोडको आईपीओ जारी गर्न अनुमति माग

युनियन र सानिमा लाईफद्धारा १ अर्ब २४ करोडको आईपीओ जारी गर्न अनुमति माग

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं । 
युनियन लाईफ इन्स्योरेन्स र सानिमा लाईफ इन्स्योरेन्सले सर्वसाधारणमा १ अर्ब २४ करोड ५० लाख रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै नियामक निकायल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । आईपीओ निष्काशनको अनुमतिका लागि दुवै कम्पनीले जेठ ९ गते बोर्डमा आवेदन दिएका हुन् ।

सानिमा लाईफ इन्स्योरेन्सले सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँका दरले ६० लाख कित्ता अर्थात ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्नका लागि बोर्डमा आवेदन दिएको हो । यसैगरी युनियन लाईफ इन्स्यारेन्सले सर्वसाधारणमा एक सय रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ जारी गर्नका लागि बोर्डमा आवेदन दिएको हो ।

सानिमा लाईफको आइपीओले केयर रेटिङ नेपालबाट ‘ट्रिपल बि माइनस रेटिङ’ पाएको छ । युनियन लाईफको आईपीओलाई क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले ‘इक्रा एनपी आईआर ट्रिपल बि रेटिङ’ दिएको छ । दुवै कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्ने छ ।