काठमाडौं – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामो अनुसन्धानपछि तयार पारेको प्रतिवेदनमा कसुर मा संलग्नता नदेखिएको भन्दै मुद्दा नचलाउन राय दिएका केही व्यक्तिविरुद्ध पनि विशेष अदालत काठमाडौंमा अभियोगपत्र दायर गरेको पाइएको छ। बैंकिङ्ग क्षेत्रमा ठुलो चर्चामा रहेको प्रकरणमा अनुसन्धान टोलीले तत्कालीन नेपाल बीमा प्राधिकरणका अध्यक्षद्वय र एक व्यवसायीको हकमा संलग्नता पुष्टि नभएको निष्कर्ष निकाले पनि अन्ततः…