काठमाडौं – नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल रिहा भएका छन् । उनी २५ लाख धरौटी बुझाएर हिजो नै रिहा भएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले बताइन् ।
विशेष अदालतमा मंगलबार भएको थुनछेकको बहस पछि न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलाशले धरौटीमा छोड्ने आदेश जारी गरेको उनले बताइन् ।
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बीमा ऐन, २०७९ तथा धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा ७ गते पक्राउ गरेको थियो ।







About Us
प्रतिक्रिया