काठमाडौं – नेपाल पुनर्बीमा कम्पनीले ५ अर्ब बढी घाटा व्यहोरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास चैतसम्ममा ५ अर्ब ८४ करोड घाटा व्यहोरेको हो ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चैतसम्म ५४ करोड ८२ लाख नाफा आर्जन गरेको कम्पनीले गत वर्षको सोही अवधिमा ५ अर्ब ८४ करोड २ लाख घाटा व्यहोरेको हो । कम्पनीको चैतसम्म रिटेन्ड अर्निङमा ४ अर्ब ९० करोड ६५ लाख ऋणात्मक रहेको छ। गत भदौमा भएको जेनजी आन्दोलनले दाबी भुक्तानीमा दबाब परेसँगै कम्पनीको अधिकांश सूचकमा नकरात्मक देखिएको हो । आन्दोलनमा भएको क्षतिका कारण एकैपटक ठूलो दाबी परेपछि नेपाल रिको वित्तीय अवस्थामा दबाब परेको हो ।
कम्पनीले चैतसम्म १० अर्ब ८३ करोड ४५ लाख खुद दाबी भुक्तानी गरेको छ । कम्पनीको कुल खर्च १२ अर्ब ५२ करोड १९ लाख रहेको छ । कम्पनीको कुल बीमा शुल्क आर्जनमा गिरावट आएको छ । चैतसम्म कम्पनीले ६ अर्ब ७९ करोड ८५ लाख कुल बीमा शुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ७ अर्ब ८३ करोड ५३ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो।
कम्पनीको हाल शेयर पुँजी १३ अर्ब ४२ करोड २१ लाख रहेको छ । कम्पनीको कम्पनीको स्पेसल रिजर्भमा ४ अर्ब ९२ करोड १६ लाख रहेको छ भने महाविपत्ति कोषमा ४२ करोड ७६ लाख र अन्य इक्विटीमा ७९ करोड २३ लाख रहेको छ ।
कम्पनीले समीक्षा अवधिसम्म ५ अर्ब ८३ करोड ७५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। चैतसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) ४३.५१ रुपैयाँले ऋणात्मक रहेको छ।







About Us
प्रतिक्रिया