काठमाडौं – नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल रिहा भएका छन् । उनी २५ लाख धरौटी बुझाएर हिजो नै रिहा भएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले बताइन् । विशेष अदालतमा मंगलबार भएको थुनछेकको बहस पछि न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलाशले धरौटीमा छोड्ने आदेश जारी गरेको उनले बताइन् । …