नेको इन्स्योरेन्सको सञ्चालकमा मिन राज पोखरेल नियुक्त


काठमाडौंं – नेको इन्स्योरेन्स लिमिटेडको सञ्चालकमा मिन राज पोखरेल नियुक्त भएका छन्। कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय सञ्चालकमा पोखरेल नियुक्त भएका हुन्।

कम्पनीका संस्थापक शेयरधनी कृषि विकास बैंकको तर्फबाट सञ्चालक समितिमा प्रताव सुबेदीले प्रतिनिधित्व गर्दै आएकोमा उनको सट्टामा बाँकी कार्यकालका लागि पोखरेललाई नियुक्त गरेको हो।

सोही दिनबाट पोखरेलले पद बहाली समेत गरेको कम्पनीले जानकारी दिएको छ।