काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड ५७ लाख ५० हजार कित्ता शेयरको लकइन अवधि भदौ २७ गते सकिने भएको छ। कम्पनीको संस्थापक शेयरधनीहरूको ३ करोड ५० लाख कित्ता र कम्पनीका कर्मचारीहरूलाई बाँडफाँट गरिएको ७ लाख ५० हजार कित्ता शेयरको लकइन अवधि आउँदो भदौबाट सकिने भएको हो।
आईपीओ निष्कासन गरी सर्वसाधारणलाई बाँडफाँट गरेको मितिले ३ वर्षसम्म संस्थापक र कर्मचारीतर्फको शेयर लकइनमा राख्नुपर्ने प्रावधान भएकाले उक्त शेयर लकइनमा राखिएको हो। लकइन अवधि सकिएपछि उक्त शेयर कारोबार गर्न सकिनेछ।








About Us
प्रतिक्रिया