नेपाल लाइफले कमायो साढे ४६ करोड नाफा, कस्ता छन् अन्य सूचक ?


काठमाडौं – नेपाल लाइफको नाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले ४६ करोड ५४ लाख नाफा आर्जन गरेका छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ५४ करोड ७६ लाख नाफा आर्जन गरेको थियो।

गत वर्ष कम्पनीले ५३ अर्ब ४५ करोड खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ४७ अर्ब ६६ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो । साथै गत वर्ष कम्पनीले ६२ अर्ब ८४ करोड खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष कम्पनीले ५७ अर्ब ३७ करोड दाबी भुक्तानी गरेको थियो ।

गत वर्ष कम्पनीले ७४ अर्ब ३३ करोड कुल आम्दानी गरेर ७० अर्ब ७६ करोड कुल खर्च गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ६८ अर्ब ३० करोड कुल आम्दानी गरेर ६४ करोड २६ लाख ३३ हजार ५३ करोड कुल खर्च गरेको थियो ।

गत वर्षको अन्त्यसम्ममा कम्पनीको चुक्ता पुँजी ९ अर्ब ४८ करोड रहेको छ भने महाविपत्ति कोषमा १ अर्ब ५४ करोड, जगेडा कोषमा ७९ करोड रहेको छ । कम्पनीको जीवन बीमा कोष २ खर्ब ७३ अर्ब ५५ करोड कायम भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी ४.९१ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १२६.०७ रहेको छ ।